काठमाण्डौँ ।
नेप्का गाउँ, चंखेली गाउँपालिका–५, हुम्लामा मंगलबार राति असिना–पानीसहित आएको अचानक बाढीले ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बाढीले एक विद्यालय, खेतीयोग्य जमिन तथा भेडा–बाख्रा राखिएको गोठ बगाएको छ।
विकट क्षेत्र भएकाले क्षतिको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ। बाढीले स्थानीय डाँफे आधारभुत विद्यालयमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। मानवीय क्षति भएको वा नभएको विषयमा भने अझै पुष्टि हुन सकेको छैन।
घटनापछि मेल्छाम प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको छ। तर भौगोलिक कठिनाइका कारण घटनास्थल पुग्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ। प्रहरीका अनुसार पूर्ण क्षतिको विवरण आउन केही समय लाग्नेछ र उद्धार तथा मूल्याङ्कनको काम जारी छ।
प्रतिक्रिया दिनुहोस्