Skip to content

सामाजिक सेवामा सक्रिय प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८३

पोखरा । बालप्रतिभाको पहिचान र सामाजिक योगदानको कदर गर्दै सरुभक्त केन्द्रले यस वर्षको ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८३’ गण्डकी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत प्रेन्सा रेग्मीलाई प्रदान गरेको छ। शनिबार पोखरा–११, गैरापाटनस्थित राष्ट्रिय वाणिज्य बैंकको हलमा आयोजित समारोहमा उनलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सरुभक्त केन्द्रका संस्थापक तथा बहुप्रतिभाशाली व्यक्तित्व सरुभक्त आचार्य, संस्थाका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक र साहित्यिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख आचार्यले प्रेन्साको प्रतिभाको प्रशंसा गर्दै आगामी यात्राको सफलताको शुभकामना व्यक्त गरे। उनले अभिभावकले आफ्ना सपना बालबालिकामाथि थोपर्नुभन्दा उनीहरूको रुचि, क्षमता र चाहना पहिचान गरी उचित अवसर र सहयोग प्रदान गर्नुपर्ने बताए। बालबालिकालाई उनीहरूको रुचिको क्षेत्रमा अघि बढ्न प्रोत्साहन गर्न सके मात्र वास्तविक प्रतिभाको विकास हुने उनको भनाई राख्दै प्रेन्सा पनि सोही बाटो मा हिँडेको बताए।

संस्थापक सरुभक्त आचार्यले पुरस्कारका लागि योग्य प्रतिभाको छनोट भएकोमा खुसी व्यक्त गर्दै बालप्रतिभाको पहिचान र प्रोत्साहन गर्ने संस्थाको उद्देश्यलाई निरन्तरता दिइरहेको बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

प्रेन्साको उपलब्धिको विशेष पक्ष उनको सामाजिक सक्रियता हो। कोभिड महामारीका समयमा राहत तथा खाद्यान्न वितरण, विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग, लुगा बैंकमार्फत सेवा तथा बालिका र महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनेजस्ता गतिविधिमा उनको योगदान दिएकी बाल प्रतिभा हुन्।

प्रेन्सा उनी सामाजिक काममा मात्रै होइन उनी बोल्न पनि उत्तिकै पोक्त छिन् सानै उमेरमा विभिन्न समाजमा एक विषयमा सामाजिक सञ्जालमा स्पष्ट र बौद्धिक विश्लेषण गर्न सक्ने क्षमतावान बालिकाको रुपमा परिचित हुँदै आएकी छन्।

उनको यस्तै बौद्धिकताले उनको सामाजिक कामले नेपालले मात्रै होइन। विदेशले समेत चिन्ने गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय अवार्ड समेत हात पारेकी छन् भने सर्वभक्त केन्द्रले हरेक वर्ष सरुभक्ता राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रेन्सा ले नै प्राप्त गर्न सफल भएकी छन्।

करिब २ दशक पहिला स्थापना भएको सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारले विभिन्न क्षेत्रमा विशिष्ट क्षमता प्रदर्शन गर्ने बालबालिकालाई प्रोत्साहन गर्दै आएको छ।

प्रेन्साको सम्मानले एउटा महत्वपूर्ण सन्देश दिएको छ—बालप्रतिभा केवल शैक्षिक उपलब्धि र व्यक्तिगत सफलतामा सीमित हुँदैन; सामाजिक चेतना, मानवीय संवेदना र परिवर्तनप्रतिको जिम्मेवारी पनि प्रतिभाकै महत्वपूर्ण आयाम हुन।

प्रतिक्रिया दिनुहोस्