काशी राम सुनार – पोखरा,
पोखरा महानगरपालिका वडा नं. १४ मा रेबिज लागेको आशंका गरिएको एक कुकुर प्रवेश गरी स्थानीय बालबालिका तथा घरपालुवा जनावरहरूलाई आक्रमण गरेको सूचना सार्वजनिक भएको छ। वडाबाट जारी सूचनाअनुसार उक्त घटनापछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ।
वडा कार्यालयले जानकारी दिँदै यस्तो कुकुर देखिएमा वा थप जानकारी प्राप्त भएमा तत्काल वडा कार्यालयमा खबर गर्न अनुरोध गरेको छ। प्राप्त सूचनाका आधारमा आवश्यक कारबाही अघि बढाइने पनि जनाइएको छ।
साथै, वडाले सम्पूर्ण बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी बालबालिका तथा घरपालुवा जनावरहरूको सुरक्षा सुनिश्चित गर्न अभिभावकलाई विशेष ध्यान दिन अनुरोध गरिएको छ।
कुनै पनि आपतकालीन जानकारीका लागि वडा कार्यालयले सम्पर्क नम्बरहरू ९८५६००३०१४ र ९८५६०३२७१० उपलब्ध गराएको छ। स्थानीयलाई सचेत रहन र सुरक्षित रहन वडाले पुनः अपिल गरेको छ।
#DailyKhabarNepal #Pokhara #RabiesAlert #PublicSafety #NepalNews
प्रतिक्रिया दिनुहोस्