Skip to content

घण्टी बजाएर रास्वपाको प्रथम महाधिवेशन सुरु, रवि र बालेनद्वारा संयुक्त उद्घाटन

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आज चितवनको भरतपुरमा भव्य रूपमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर कार्यक्रमको शुभारम्भ गरे। उद्घाटन सत्रको सञ्चालन पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले गरिरहेका छन्।

भरतपुरमा आयोजित यो विशेष समारोहमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको छ। रास्वपाको यो महाधिवेशन आजबाट सुरु भई तीन दिनसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्