Skip to content

रास्वपाको प्रथम महाधिवेशनः बिहानैदेखि देशैभरका समर्थकको भीड

काठमाण्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु हुँदैछ। दिउँसो २ बजे उद्घाटन हुने तालिका भए तापनि कार्यक्रम सुरु हुनभन्दा तीन घण्टा अगाडिदेखि नै महाधिवेशन स्थलमा देशका विभिन्न कुनाबाट आएका कार्यकर्ता, प्रतिनिधि र शुभेच्छुकहरूको बाक्लो उपस्थिति देखिएको छ।

राति परेको भारी वर्षाका कारण मैदानमा केही समस्या देखिए पनि बिहानैदेखि स्थल व्यवस्थापन कार्य तीव्र पारिएसँगै अहिले महाधिवेशन स्थलमा उत्साहजनक माहोल बनेको छ।

यो ऐतिहासिक महाधिवेशनको औपचारिक उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र ९बालेन० शाहले संयुक्त रूपमा घण्टी बजाएर गर्ने कार्यक्रम रहेको छ। रास्वपाको भावी राजनीतिक दिशा र साङ्गठनिक संरचना तय गर्ने दृष्टिले यो महाधिवेशनलाई निकै महत्त्वपूर्ण मानिएको छ।

 

प्रतिक्रिया दिनुहोस्