Skip to content

विवादित अभिव्यक्तिबारे पूर्वाधारमन्त्री लम्सालको स्पष्टीकरण, व्यवसायीलाई निरुत्साहित गर्ने उद्देश्य नभएको दाबी

काठमाण्डौं ।

पूर्वाधारमन्त्री सुनिल लम्साल ले आफ्नो विवादित अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिएका छन्। बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले निर्माण व्यवसायीलाई हतोत्साहित गर्ने कुनै मनसाय नरहेको बताएका हुन्।

केही दिनअघि नागढुंगा–मुग्लिन सडक स्तरोन्नति आयोजनाको अनुगमनका क्रममा मन्त्री लम्सालले “काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिए हुन्छ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो र त्यसपछि उनको चर्को आलोचना भएको थियो।

संसद्मा स्पष्टीकरण दिँदै उनले ठेक्का सम्झौता रद्द हुँदा निर्माण व्यवसायीलाई ठूलो आर्थिक क्षति पुग्ने भएकाले सरकार यस विषयमा संवेदनशील रहेको बताए। उनले सुधारको सम्भावना रहुन्जेल निर्माण कम्पनीहरूलाई सुधारको अवसर दिनुपर्ने सरकारको नीति रहेको उल्लेख गरे।

मन्त्री लम्सालका अनुसार निर्माण क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकारले सार्वजनिक खरिद ऐन संशोधन तथा सुधारको प्रक्रिया अघि बढाइरहेको छ। उनले निर्माण कार्यलाई प्रभावकारी र उत्तरदायी बनाउन आवश्यक नीतिगत सुधार गरिने पनि बताए।

प्रतिक्रिया दिनुहोस्