Skip to content

म यस्तो होइन दाइ, पिरतिले जोगी बनायो’ भन्दै संसदमा मन्त्री महावीर पुनको गीत

काठमाण्डौं ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले प्रतिनिधिसभामा चर्चित पुरानो गीत सुनाउँदै आफ्ना धारणा व्यक्त गरेका छन्। बिहीबार मन्त्रालयगत बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री पुनले पुरानो गीत सम्झिँदै “म यस्तो होइन दाइ, पिरतिले जोगी बनायो” भन्ने पंक्ति सुनाएका थिए।

उनले उक्त गीत पहिले निकै लोकप्रिय रहेको उल्लेख गर्दै आफू सांसद वा मन्त्री बन्ने व्यक्ति नभए पनि देशप्रतिको “पिरति” (माया) ले आफूलाई यो जिम्मेवारीमा पुर्‍याएको बताए। उनका अनुसार, “म पनि सांसद वा मन्त्री हुने मान्छे होइन, तर मलाई देशप्रतिको पिरतिले यहाँ ल्याएको हो।”

पुनले आफ्नो “पिरति” कुनै व्यक्तिसँग नभई देशसँग रहेको स्पष्ट पारे। उनले आफ्नो अनुभव सुनाउँदै भने, अमेरिका छोडेर गाउँमा फर्किएपछि गाउँसँग नजिकिँदै जाँदा देशप्रति माया बढेको र त्यसैले आफूले आफूलाई “जोगी” जस्तो महसुस गर्ने बताए।

उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ नभई पुरानै मन्त्रालयको पुनर्संरचित रूप भएको पनि बताए। उनका शब्दमा, “यो मन्त्रालय नयाँ होइन, पुरानै मन्त्रालय हो, जसले पुनर्जन्म पाएको हो।”

प्रतिक्रिया दिनुहोस्