दाङ ।
सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डर, धम्की दिँदै कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्तिलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई धम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
उक्त भिडियो सार्वजनिक भएपछि मिति २०८३ असार २ गते इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो। पक्राउको क्रममा उनको साथबाट Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।
प्रतिक्रिया दिनुहोस्