बाजुरा ।
जिल्ला बाजुराको बडिमालिका नगरपालिका–७ चुथीस्थित कोल्टी–मार्तडी सडक खण्डमा मंगलवार साँझ सवारी दुर्घटना हुँदा एक बालक घाइते भएका छन्।अन्दाजी ४ः४० बजे चालकको नाम, थर, वतन र नम्बर नखुलेको जीपले सडकमा हिँडिरहेका स्थानीय राम बहादुर बि.क. का १४ वर्षीय छोरा दिलिप बि.क. लाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा उनको टाउको र हातमा चोट लागेको छ।
घाइते बालकलाई तत्काल आफन्तले उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्याएका थिए। प्रारम्भिक उपचारपछि उनको अवस्था मध्यम रहेको बताइएको छ। पछि थप उपचारका लागि उनलाई धनगढी, कैलाली रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्र।स।नि। महन्त सिंह बोहराको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। जीप र चालकको खोजी कार्यपछि सोही दिन साँझ करिब ७ः ४५ बजे बडिमालिका नगरपालिका–९ मार्तडी बजार क्षेत्रमा जिप फेला परेको थियो।
बागचौर नगरपालिका–७ सल्यानका २४ वर्षीय गोपाल वलीले चलाएको भे १ च ४०८० नम्बरको जिप नियन्त्रणमा लिएर चालकसहित जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्