काठमाण्डौं ।
भारतले चिया आयातमा कडाइ गरेपछि नेपालका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्। यसै कारण इलामका अधिकांश चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्। चिया उद्योगीहरूको संस्था सूर्योदय टी प्रोड्युसर्स एशोसिएसन नेपाल ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी असार १ गतेदेखि चिया उद्योग सञ्चालन गर्न नसक्ने बाध्यात्मक अवस्था आएको जनाएको छ।
संस्थाका अनुसार भारतीय टी बोर्डले नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर ९क्इए० लागू गरेपछि नेपाली चिया निर्यातमा ठूलो अवरोध सिर्जना भएको छ। जटिल गुणस्तर परीक्षणका कारण भारततर्फ पठाइएका २ लाख किलोभन्दा बढी तयारी चिया गोदाममै थन्किएको उद्योगीहरूको दाबी छ।
त्यस्तै, परीक्षणका लागि पठाइएका नमुनाको महिनौँसम्म रिपोर्ट नआएको र गुणस्तर कमजोर ठहरिएमा चिया नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमले समस्या झनै बढाएको उद्योगीहरूले बताएका छन्।
उद्योगीहरूको भनाइमा, अहिले नेपालभरका उद्योगहरूमा करिब १० लाख किलोभन्दा बढी तयारी चिया थुप्रिएको छ। बिक्री र निर्यात ठप्प भएपछि किसानलाई भुक्तानी गर्न नसकिने अवस्था आएपछि उद्योगहरू बन्द गर्नुपर्ने बाध्यता आएको हो।
यसैबीच, संकटले विशेषगरी इलामसहित पूर्वी नेपालको चिया उद्योगमा ठूलो असर पार्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस्