काठमाण्डौँ ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ का लागि प्रस्तुत राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफललाई निरन्तरता दिइनेछ।
आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिने कार्यसूची रहेको छ। त्यसैगरी, अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि सदनमा पेश गर्नेछन्।
संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक ९तेस्रो संशोधन० विधेयक, २०८३ समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूबाट आएका सुझाव र आलोचनापछि आज अर्थमन्त्रीको जवाफलाई विशेष चासोका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्