Skip to content

सदन खुलाउने विषयमा छलफल जारी, प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिने प्रस्ताव

काठमाण्डौं ।

प्रतिनिधिसभा अवरुद्ध भइरहेका बेला सदन सञ्चालनबारे सहमति खोज्ने प्रयास जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने गरी सदन खुलाउने विकल्पबारे छलफल भइरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित प्रतिनिधित्व गर्ने प्रमुख दलका नेता तथा प्रमुख सचेतकहरूको सहभागिता रहेको छ । सहभागीमध्ये भीष्मराज आङ्देम्बे, रामबहादुर थापा, वर्षमान पुन लगायतका नेताहरू छन् ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिपछि विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गर्दै आएका छन् । सोही विषयलाई लिएर प्रधानमन्त्री स्वयं वा लिखित स्पष्टीकरण आउनुपर्ने माग विपक्षी दलहरूको छ ।

यसबीच, सत्ता पक्ष र विपक्षबीच प्रधानमन्त्रीको तर्फबाट मन्त्रीले सदनमा जवाफ दिने वा लिखित धारणा प्रस्तुत गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । रास्वपा सभापति रवि लामिछानेले भने परराष्ट्रमन्त्रीमार्फत सरकारी धारणा राखेर सदन खुलाउने प्रस्ताव अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्