Skip to content

संसद् बैठक सुरु हुन नसकी सारियो, अब अहिले दिउँसो २ बजे बस्ने

काठमाण्डौं ।

प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि तय गरिएको बैठक निर्धारित समयमा सुरु हुन नसकी सारिएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक दुई घण्टासम्म पनि सुरु हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार विशेष कारणले बैठक निर्धारित समयमा बस्न नसकेको हो । सभामुखले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ बमोजिम बैठक आज दिउँसो २ बजे बस्ने गरी पुनः निर्धारण गरेका छन् ।

नियमावली अनुसार निर्धारित समयको दुई घण्टाभित्र बैठक सुरु हुन नसकेमा सभामुखले बैठक स्थगन गरी अर्को समय तोक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्