Skip to content

रोल्पामा पिकअप दुर्घटनाः तीन जनाको ज्यान गयो

काठमाण्डौँ ।

रोल्पाको माडी गाउँपालिका–२ स्थित व्याङखोलामा बिहीबार बिहान भएको पिकअप गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै ज्यान गएको हो।

मृतकहरूको पहिचान भने हालसम्म खुल्न सकेको छैन। प्रहरीका अनुसार दुर्घटनाग्रस्त गाडी सडकबाट करिब ४०० देखि ५०० मिटर तल खसेको थियो। गाडीको नम्बरसमेत तत्काल पहिचान हुन नसकेको बताइएको छ।

घटनाको जानकारी बिहान करिब ९ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। हाल उद्धार तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्