Skip to content

श्रीमतीको हत्या आरोपित नरेश भाटको जमानत माग, अदालतमा सुनुवाइ हुँदै

एजेन्सी ।

अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काण्न्टी अदालतमा, आफ्नी श्रीमती ममता काफ्ले भाटको हत्या गरेको आरोप लागेका नरेश भाटलाई जमानतमा रिहा गर्ने कि नगर्ने भन्ने विषयमा सुनुवाइ भइरहेको छ। प्रहरीका अनुसार, नरेश भाटमाथि आफ्नी श्रीमतीको हत्या गरी शव लुकाएको आरोप छ। ममता काफ्ले भाट २०२४ को गर्मीयामदेखि बेपत्ता छिन् र अहिलेसम्म उनको शव फेला परेको छैन, जसका कारण उनलाई मृतक मानिएको छ।

अदालतमा पेश गरिएको कागजात अनुसार, अनुसन्धानकर्ताले घरमा रहेको एक ह्याण्ड हेल्डपावर स बाट मानव कपालका ३ वटा नमुना र १३ वटा कपालका टुक्रा, साथै अन्य फाइबर र फोहोर जस्ता प्रमाणहरू फेला पारेका छन्। यी प्रमाणहरू डिएनए परीक्षणका लागि प्रयोग गर्न सकिने बताइएको छ।

सरकारी पक्षले नरेश भाटमाथि पहिले “शव लुकाएको” आरोप लगाएको थियो, पछि प्रमाणहरू थपिँदै गएपछि मुद्दा “हत्या” सम्म बढाइएको हो। हाल उनका वकिलहरूले अदालतमा उनलाई न भाग्ने र न अरूका लागि खतरा भएको दाबी गर्दै जमानतमा रिहा गर्न माग गरिरहेका छन्। तर सरकारी पक्षले भने उनीमाथि गम्भीर अपराधको आरोप भएकाले जेलमै राख्नुपर्ने तर्क गर्दै आएको छ।

यो मुद्दा अझै अनुसन्धान र अदालत प्रक्रियामा रहेको छ, र नयाँ फरेन्सिक प्रमाण् आउँदै गर्दा केस थप जटिल बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्