Skip to content

अन्नपूर्ण आरोहण दिवसः गण्डकीको पर्यटनलाई विश्वमा चिनाउने ऐतिहासिक दिन

पोखरा।

विश्वको सबैभन्दा जेठो हिमाल आरोहण भएको दिन जुन ३ लाई गण्डकी प्रदेशको पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानसँग जोडेर विशेष रूपमा मनाइँदै आएको छ। अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण भएको यही दिनले पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनमा ऐतिहासिक महत्व राख्छ।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले म्याग्दीको नारच्याङ मार्ग हुँदै अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए। यो ८ हजार ९१ मिटर अग्लो हिमालको पहिलो सफल आरोहण मानिन्छ, जसले विश्वभर हिमाल आरोहणप्रति ठूलो आकर्षण बढाएको इतिहास छ।

अन्नपूर्ण आरोहणपछि नै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीद्वारा सम्पन्न भएको थियो। त्यसैले अन्नपूर्णलाई हिमाल आरोहण इतिहासमा ‘जेठो आरोहण भएको हिमाल’का रूपमा पनि चिनिन्छ।

यस अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकी, अन्नपूर्ण सेन्चुरी पर्यटन समिति लगायत संस्थाहरूले विभिन्न कार्यक्रमसहित दिवस मनाउँदै आएका छन्। यस वर्ष पनि आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथनलगायत कार्यक्रम आयोजना गरिएको छ।

अन्नपूर्ण हिमाल र यस क्षेत्रले पोखरा तथा गण्डकी प्रदेशलाई विश्व पर्यटन नक्सामा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्र ९ब्ऋब्ए० अन्तर्गत करिब ७,६२९ वर्गकिमी क्षेत्र समेटिएको यो क्षेत्र पदयात्रा र पर्वतीय पर्यटनका लागि प्रमुख गन्तव्य हो।

अन्नपूर्ण, धवलागिरि र मनास्लु हिमशृङ्खलाले गण्डकी प्रदेशलाई प्राकृतिक रूपमा अत्यन्त समृद्ध बनाएको छ। अन्नपूर्ण सर्किट, मर्दी हिमाल, घान्द्रुक, तिलिचो लगायतका पदमार्गहरू यहाँका प्रमुख आकर्षण हुन्।

पर्यटन व्यवसायीहरूको अनुसार अन्नपूर्ण आरोहणपछि पोखरामा विदेशी पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको थियो र यही घटनाले नेपालको पर्वतीय पर्यटनलाई विश्वव्यापी रूपमा परिचित गराएको हो।

तर पछिल्ला वर्षहरूमा आवश्यक पूर्वाधार र योजनाबद्ध प्रवर्द्धनको कमीले हिमाल आरोहण र पर्वतीय पर्यटनको सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको सरोकारवालाहरूको भनाइ छ।

यस वर्ष अन्नपूर्ण आरोहण दिवसका अवसरमा जलवायु परिवर्तन, पदमार्ग विकास र पर्वतीय पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल तथा कार्यक्रमहरू पनि आयोजना गरिँदै छन्।

प्रतिक्रिया दिनुहोस्