Skip to content

भाजपा मुख्यालयमा रवि लामिछानेलाई पुष्पवर्षासहित भव्य स्वागत

काठमाण्डौं ।

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टी ( भाजपा ) को मुख्यालय पुगेका छन्। त्यहाँ उनलाई बाजागाजा र पुष्पवर्षासहित भव्य स्वागत गरिएको छ। मुख्यालयमा उनलाई पार्टीका अध्यक्ष नितिन नवीनसहित अन्य पदाधिकारीहरूले स्वागत गरेका थिए।

स्वागतपछि उनले मुख्यालयको अवलोकन गरेका छन्। भ्रमणका क्रममा लामिछानेले भाजपाका अध्यक्ष जेपी नड्डासँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै अन्य वरिष्ठ पदाधिकारीहरूसँग पनि भेटघाट हुने बताइएको छ।

त्यसैगरी भारतीय विदेशमन्त्री एस। जयशंकरसँग समेत भेट हुने सम्भावना रहेको जनाइएको छ। भाजपाले आज साँझ लामिछानेको सम्मानमा रात्रिभोज आयोजना गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्