Skip to content

संसदको कार्यसूचीमा बजेट छलफल, विपक्षीको अवरोध कायमै रहने संकेत

काठमाण्डौं ।

प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। बैठकमा सभामुख डोलप्रसाद (डीपी) आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

तर विपक्षी दलहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसदीय रेकर्डबाट नहटाएसम्म सदन अवरोध जारी राख्ने तयारी गरेका छन्। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार माग पूरा नभएसम्म संसदको अवरोध कायम रहनेछ।

प्रतिक्रिया दिनुहोस्