Skip to content

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज पत्रकारसँग छलफल गर्ने

काठमाण्डौँ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३र८४ को बजेटबारे सञ्चारकर्मीसँग आज पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका छन्। अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाका अनुसार कार्यक्रम आज दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालय को सुवर्ण हलमा आयोजना हुनेछ।

गत शुक्रबार अर्थमन्त्री वाग्लेले सङ्घीय संसद को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

आजको पत्रकार सम्मेलनमा बजेट कार्यान्वयनको रणनीति, स्रोत व्यवस्थापन तथा सरकारका नीतिगत प्राथमिकताबारे थप स्पष्ट पारिने अपेक्षा गरिएको छ। साथै, बजेटसँग सम्बन्धित विषयमा सञ्चारकर्मीहरूले उठाएका जिज्ञासाको पनि सम्बोधन गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्