काठमाण्डौं ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही जिल्लामा आज मंगलबार हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपछि ती क्षेत्रहरूमा हावाहुरी सक्रिय हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
विशेषगरी झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर र रुपन्देही लगायतका जिल्लामा हावाहुरीको जोखिम रहेको महाशाखाले जनाएको छ।
हावाहुरीका कारण कमजोर संरचना, घरका छाना उड्ने, रुख तथा बिजुलीका पोल ढल्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्