पोखरा ।
गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ। मालेपाटनस्थित कृषि मन्त्रालयको सभाहलमा दिउँसो २ बजे बैठक बस्ने प्रदेश सभा सचिव गोविन्द पौडेलले जानकारी दिएका छन्।
बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले वाचन गर्ने कार्यक्रम छ। त्यसपछि आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नेछन्।
आगामी आर्थिक वर्षका लागि करिब पौने २९ अर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ। यद्यपि चालु आर्थिक वर्षको बजेट पूर्ण रूपमा खर्च नहुने र संघीय सरकारबाट आउने वित्तीय समानीकरण तथा अन्य अनुदान पनि नघट्ने भएकाले बजेटको आकार सिलिङभन्दा बढ्न सक्ने आर्थिक मामिला मन्त्री शेरचनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्