Skip to content

एमालेमा चुनावी समीक्षा गर्न बादलको नेतृत्वमा कार्यदल प्रस्ताव

काठमाडौं आकृति सुनार ।

‘बादल’को संयोजकत्वमा नेकपा एमालेले चुनावी समीक्षा कार्यदल गठन गर्ने प्रस्ताव गरेको छ।

पार्टी सचिवालयको हालै बसेको बैठकमा बादललाई समीक्षा कार्यदलको नेतृत्व दिने प्रस्ताव गरिएको हो। चुनाव सम्पन्न भएको दुई महिना बितिसक्दा पनि औपचारिक समीक्षा प्रक्रिया पूरा हुन सकेको छैन।

प्रस्तावित कार्यदलमा उपाध्यक्ष, महासचिव लगायत नेताहरू र प्रदेश इन्चार्जहरू सदस्य रहने बताइएको छ।

एमालेले पछिल्लो निर्वाचन परिणाम अपेक्षाअनुसार नभएको निष्कर्ष निकालेको छ। त्यसैले वडा तहदेखि नै समीक्षा प्रक्रिया अगाडि बढाउन मातहत कमिटीलाई निर्देशन दिइएको जनाइएको छ।

पार्टीले अनलाइन माध्यमबाट सुझाव संकलन गर्नुका साथै सामाजिक सञ्जालमार्फत् पनि प्रतिक्रिया मागेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्