Skip to content

क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध अमेरिकामा पक्राउ पुर्जी

विरुद्ध अमेरिकाले हत्या अभियोगमा पक्राउ पुर्जी जारी गरेको छ।

सन् १९९६ मा क्युबाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै एउटा सानो विमान खसालेको घटनालाई लिएर अमेरिकाले अहिले मुद्दा दर्ता गरेको हो। उक्त घटनामा चार जनाको मृत्यु भएको थियो।

त्यतिबेला राउल क्यास्ट्रो क्युबाका रक्षा मन्त्री थिए। अमेरिकी अभियोगपत्रअनुसार उनीमाथि हत्या षड्यन्त्र, चारवटा हत्या मुद्दा तथा विमान विनाशसम्बन्धी आरोप लगाइएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ९४ वर्षीय क्यास्ट्रोविरुद्ध पक्राउ पुर्जी समेत जारी गरिएको छ। तर उनी क्युबामै रहेको र अमेरिकालाई सुपुर्दगी हुने कुनै संकेत नदेखिएको बताइएको छ।

ले भने यो कदमलाई राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताएका छन्। उनले सन् १९९६ को घटना क्युबाको सुरक्षाका लागि गरिएको कारबाही भएको दाबी गरेका छन्।

राउल क्यास्ट्रो पूर्वक्युबाली नेता का भाइ हुन्। उनी लामो समय रक्षा मन्त्री र पछि क्युबाको राष्ट्रपति बनेका थिए।

प्रतिक्रिया दिनुहोस्