Skip to content

संसदमा प्रधानमन्त्रीको खोजी गर्दै हर्क साम्पाङ

काठमाडौं आकृति सुनार ।

श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्क साम्पाङले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिप्रति फेरि प्रश्न उठाएका छन्।

बैठक सुरु हुनेबित्तिकै विरोध जनाएका उनले प्रधानमन्त्री संसदमा आएर सांसदहरूले उठाएका विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन्।

साम्पाङले प्रधानमन्त्रीले रक्षा र गृह मन्त्रालय समेत सम्हालिरहेको भन्दै संसदप्रति अझ जिम्मेवार हुनुपर्ने उल्लेख गरे।

उनले लोकतन्त्रको मूल आधार संसद भएको भन्दै यसको गरिमा जोगाउन सरकार गम्भीर हुनुपर्ने बताए।

“जनताको मतबाट बनेको संसदलाई बेवास्ता गर्न मिल्दैन,” भन्दै उनले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाए।

साम्पाङले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था भए मार्गप्रशस्त गर्नुपर्ने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्