Skip to content

पोखरा बसपार्कका सुकुम्बासीको विवरण संकलन सुरु

काठमाडौं आकृति सुनार ।

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग विस्तृत विवरण माग गरेको छ।

महानगरले बुधबार सूचना जारी गर्दै ३ दिनभित्र आवश्यक कागजपत्रसहित विवरण बुझाउन आग्रह गरेको हो। सूचनाअनुसार निस्साको प्रतिलिपि, नागरिकता, जन्मदर्ता, नाता प्रमाणित कागजात तथा अन्य आवश्यक विवरण पेश गर्न भनिएको छ।

महानगरपालिकाका मेयर का अनुसार वास्तविक सुकुम्बासीको अवस्था पहिचान गर्न र समस्या समाधानका लागि विवरण संकलन सुरु गरिएको हो।

महानगरले वितरण गरेको निस्सा किनबेच भएको, टहरा भाडामा लगाइएको लगायतका गुनासा आएपछि वास्तविक अवस्था बुझ्न यो प्रक्रिया अघि बढाइएको बताइएको छ।

महानगरले वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गरेर मात्र बसपार्क क्षेत्र खाली गराउने जनाएको छ। यस विषयमा सुकुम्बासी बस्तीका अगुवासँग छलफल र सहजीकरण भइरहेको पनि महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्