Skip to content

मीन बहादुर गुरुङद्वारा किओच बाल अस्पताललाई ७१ करोडभन्दा बढी सहयोग

काठमाण्डौँ ।

भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ ( किओच ) अन्तर्गत निर्माणाधीन बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्। उक्त रकम अस्पतालको वेस्ट ब्लक भवन निर्माणमा प्रयोग गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका अनुसार भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने आगामी जेठ ९ गते भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम आयोजना गरिनेछ। अत्याधुनिक पूर्वाधार तयार भइसके पनि एमआरआई र सिटी स्क्यान मेसिन अभावका कारण अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

बालबालिकाको विशेषज्ञ उपचार सेवा विस्तार गर्ने उद्देश्यसहित आवश्यक उपकरण खरिद अभियान पनि सञ्चालन भइरहेको छ। हालसम्म एमआरआई र सिटी स्क्यान मेसिन खरिदका लागि २ करोड २४ लाख ७३ हजार ३ सय ३३ रुपैयाँभन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त भएको अस्पतालले जनाएको छ।

डा। भगवान कोइरालाको नेतृत्वमा देशभर सातै प्रदेशमा सात वटा बाल अस्पताल स्थापना गर्ने लक्ष्य अघि सारिएको छ। निर्माणाधीन यो अस्पताल सञ्चालनमा आएपछि जटिल रोगबाट पीडित बालबालिकाले स्वदेशमै विशेषज्ञ उपचार सेवा पाउने विश्वास गरिएको छ।

अस्पताल प्रशासनले बाल स्वास्थ्य क्षेत्रमा देखिएको विशेषज्ञ सेवाको अभाव हटाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्