काठमाण्डौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपां ) ले संसदमा बोल्ने क्रममा एआई प्रविधि, विशेषगरी च्याट जिपीटी को प्रयोग बढ्न थालेपछि आफ्ना सांसदहरुलाई सचेत गराएको छ।
पार्टीकी सचेतक क्रान्तिशिखा धितालले सांसदहरुलाई विषयवस्तु स्पष्ट नभए अनावश्यक रूपमा नबोल्न, तर एआईमा आधारित सामग्रीको भरमा संसदमा प्रस्तुत नहुन निर्देशन दिएकी हुन्।
रास्वपाका एक सांसदका अनुसार धितालले औपचारिक तथा अनौपचारिक छलफलमा “विषय नभए नबोल्दा पनि हुन्छ, तर च्याटजीपीटीको सहारामा बोल्न आवश्यक छैन” भन्ने सन्देश दिएकी थिइन्।
पछिल्लो समय केही सांसदहरुले एआईबाट तयार पारिएको सामग्री प्रयोग गरेर संसदमा धारणा राखेको विषयमा प्रश्न उठ्न थालेपछि पार्टी नेतृत्वले यसप्रति चासो देखाएको हो।
प्रतिनिधि सभामा रास्वपाको उल्लेख्य उपस्थिति रहेकाले सांसदहरुको प्रस्तुति र विषयवस्तुको मौलिकताबारे पार्टीभित्र छलफल सुरु भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्