काठमाडौं आकृति सुनार ।
संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
काठमाडौँस्थित सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले उजुरीकर्तासँगको छलफल, कार्ययोजना प्रस्तुति तथा विस्तृत सुनुवाइपछि डा. शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।
गत वैशाख २४ गते संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश डा. शर्मालाई नेपालको ३३ औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको थियो। उनीविरुद्ध १६ वटा उजुरी परे पनि समितिले सबै पक्षसँग छलफल गरी अन्ततः सर्वसम्मत अनुमोदन गरेको हो।
सुनुवाइका क्रममा डा. शर्माले इ-कोर्ट प्रणाली विस्तार, १८ महिनाभित्र बक्यौता मुद्दा फर्छ्योट, न्यायाधीश नियुक्ति प्रक्रियामा पारदर्शिता तथा न्यायिक सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
अब संसदीय सुनुवाइबाट अनुमोदन भएसँगै राष्ट्रपतिबाट औपचारिक नियुक्ति र शपथ ग्रहणको प्रक्रिया अघि बढ्नेछ।
प्रतिक्रिया दिनुहोस्