Skip to content

आजको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १५३ रुपैयाँभन्दा माथि

काठमाण्डौं ।

नेपाल राष्ट्र बैंक ले सोमबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको मूल्य १५३ रुपैयाँभन्दा माथि कायम भएको छ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा तथा बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।

बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०१ पैसा पुगेको छ भने स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

अन्य मुद्रातर्फ अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४६ पैसा तथा बिक्रीदर १११ रुपैयाँ ८९ पैसा कायम हुँदा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा पुगेको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा तथा बिक्रीदर २२ रुपैयाँ ५९ पैसा कायम भएको छ।

खाडी मुलुकका मुद्रामा साउदी रियालको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ रहेको छ। कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २३ पैसा कायम हुँदा यूएई दिरामको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा तोकिएको छ।

त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९४ पैसा रहेको छ। कुवेती दिनारको खरिददर ५०० रुपैयाँ २४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ २० पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने केही फरक हुन सक्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्