Skip to content

विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्न फिफा र इरानी फुटबल संघबीच सकारात्मक छलफल

काठमाडौं ।

फिफाले सन् २०२६ को ँफिफा विश्वकप तयारी तथा इरानको सहभागिताबारे भएको छलफल सकारात्मक रहेको जनाएको छ। शनिबार टर्कीको इस्तानबुलमा इरान फुटबल महासंघ का प्रतिनिधिसँग भएको बैठकपछि फिफाका महासचिव माटियास ग्राफस्ट्रोम ले छलफललाई “उत्कृष्ट” र “रचनात्मक” भएको बताएका हुन्।

हाल मध्यपूर्व क्षेत्रमा जारी तनाव र युद्धको अवस्थाबीच पनि इरानले समूह चरणका आफ्ना तीनवटै खेल अमेरिकामै खेल्ने तालिका रहेको छ। प्रतियोगिताका क्रममा इरानी टोली अमेरिकामै बस्ने तयारी समेत गरिएको बताइएको छ।

ग्राफस्ट्रोमले फिफा र इरानी फुटबल संघबीच निरन्तर सहकार्य भइरहेको उल्लेख गर्दै विश्वकपमा इरानको राष्ट्रिय टोली “टिम मेल्ली”लाई स्वागत गर्न उत्साहित रहेको बताएका छन्। उनका अनुसार दुवै पक्ष बैठकको नतिजाप्रति सन्तुष्ट छन्।

यसअघि इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताज ले इरानी टोलीका लागि हालसम्म अमेरिकी भिसा जारी नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्