Skip to content

सीसँग व्यापारिक एजेन्डामा केन्द्रित हुने ट्रम्प, इरान युद्धलाई कम प्राथमिकता

काठमाडौं आकृति सुनार |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हुने शिखर सम्मेलनमा इरान युद्धभन्दा व्यापारिक विषयलाई प्राथमिकता दिने बताएका छन्।

बेइजिङ भ्रमणअघि ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले दुई देशबीच व्यापार, आर्थिक सम्बन्ध र नयाँ व्यापार बोर्ड गठनबारे मुख्य छलफल हुने जानकारी दिए। उनले इरानको विषयलाई कम महत्व दिँदै “इरानलाई पूर्ण रूपमा नियन्त्रणमा राखिएको” दाबी पनि गरेका छन्।

चीन इरानी तेलको प्रमुख खरिदकर्ता हो भने उसले स्ट्रेट अफ हर्मुज तत्काल खोल्न आह्वान गरिरहेको छ। यद्यपि ट्रम्पले सीसँगको भेटमा इरान युद्ध मुख्य एजेन्डा नहुने स्पष्ट पारेका छन्।

यसैबीच, अमेरिका र चीनका व्यापार वार्ताकारहरू दक्षिण कोरियाको सियोलमा प्रारम्भिक वार्तामा जुटेका छन्। उनीहरूले तयार पारेको खाकामा ट्रम्प र सीबीच अन्तिम सहमति हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्