Skip to content

जसपा–लोसपा एकतालाई निर्वाचन आयोगको मान्यता, त्रिपाठी भने बाहिरिए

काठमाडौं आकृति सुनार |

जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको एकतालाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएको छ। आयोगले अपुग कागजात र दोहोरो सदस्यताको विषय स्पष्ट भएपछि एकतालाई वैधानिकता दिएको हो।

यसअघि एकता प्रक्रियामा सहभागी हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा भने अहिलेको मान्यतामा समावेश भएका छैनन्।

जसपाका नेता डा. सुरेन्द्र झाले त्रिपाठीले आफ्नो पुरानो पार्टी बन्द नगराएकाले तत्काल एकता प्रक्रियामा समावेश गर्न नसकिएको बताए। तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले भने यसअघि नै एकताबाट अलग भएको घोषणा गरिसकेका थिए।

एकता प्रक्रिया टुंगिएसँगै जसपा नेपालको ५४ सदस्यीय कार्यान्वयन समिति बनेको छ। पार्टीमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन्।

प्रतिक्रिया दिनुहोस्