Skip to content

होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको दयनीय अवस्था : एउटै कोठामा पाँच परिवार, औषधि र शिक्षाबाट वञ्चित बालबालिका

काठमाडौं आकृति सुनार |

नागार्जुनस्थित इचंगु अपार्टमेन्टको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था दयनीय रहेको संसदीय अनुगमन टोलीले जनाएको छ। राष्ट्रियसभा सदस्य सोमनाथ पोर्तेलले अनुगमनपछि विस्थापित नागरिकहरू खाद्यान्न, स्वास्थ्य, सरसफाइ र बसोबासको गम्भीर समस्यामा रहेको बताएका छन्।

सांसदहरूका अनुसार एउटै सानो ब्लकमा पाँच–पाँच परिवार कोचिएर बस्न बाध्य छन् भने बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन्। दीर्घरोगीहरूले औषधि नपाएर समस्या भोगिरहेका छन्।
होल्डिङ सेन्टरमा स्वादहीन र पोषणविहीन खाना, स्वच्छ पानी तथा पर्याप्त शौचालयको अभाव रहेको अनुगमन टोलीले जनाएको छ। लुगाफाटा र ओढ्ने–ओछ्याउने अभावका कारण वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा समेत जोखिम बढेको बताइएको छ।
सरकारी तथ्यांकअनुसार वैशाख १२ देखि २५ गतेसम्म २ हजार ६१६ घरधुरीका ११ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन्। उनीहरूलाई काठमाडौं उपत्यका र आसपासका विभिन्न होल्डिङ सेन्टर तथा अस्थायी आश्रयस्थलमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्