Skip to content

सभामुख अर्यालको सिफारिसपछि प्रतिनिधिसभा सचिव पदबाट हर्कराज राई बर्खास्त

काठमाडौं आकृति सुनार |

सभामुख डोलप्रसाद अर्याल को सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबारदेखि लागू हुने गरी राईलाई पदबाट हटाउने निर्णय गरेका हुन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) अनुसार उक्त निर्णय गरिएको हो।

यसअघि तत्कालीन सभामुख देवराज घिमिरे ले राईलाई प्रतिनिधिसभा सचिवमा नियुक्तिका लागि सिफारिस गरेका थिए। पछिल्लो समय सभामुख अर्यालले राईसँग कार्यसम्पादन सम्बन्धी विषयमा स्पष्टीकरणसमेत मागेका थिए।

राई पदमुक्त भएसँगै अब प्रतिनिधिसभाको नयाँ सचिव नियुक्तिका लागि प्रक्रिया अघि बढ्ने भएको छ। संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाका सभामुखले सचिवको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्