Skip to content

देउवा पक्ष फेरि सक्रिय, विराटनगरबाट कांग्रेसभित्र शक्ति प्रदर्शन सुरु

काठमाडौं आकृति सुनार |

महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र बन्न थालेको छ। यसैक्रममा निवर्तमान सभापति शेरबहादुर देउवा निकट नेताहरूले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेका छन्।

मोरङको विराटनगरमा भएको भेलामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता मीनबहादुर विश्वकर्मा, पूर्वमुख्यमन्त्री केदार कार्की लगायतका नेताहरूको सहभागिता रहेको थियो।

पार्टीको संस्थापन पक्षले देशभर नीति तथा संगठन केन्द्रित कार्यक्रम चलाइरहेका बेला देउवा समूहले पनि समानान्तर रूपमा प्रदेशस्तरीय गतिविधि अघि बढाएको हो।

देउवा पक्षले आगामी दिनमा सातै प्रदेशमा यस्ता भेला आयोजना गर्ने तयारी गरेको बताइएको छ। विशेष महाधिवेशनपछि केही समय शान्त देखिएको यो समूह अहिले पुनः संगठन सुदृढीकरण र शक्ति व्यवस्थापनमा सक्रिय बनेको राजनीतिक वृत्तमा चर्चा छ।

कांग्रेसभित्र बढ्दो समानान्तर गतिविधिले आगामी महाधिवेशनअघि नेतृत्व प्रतिस्पर्धा थप तीव्र बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्