काठमाडौं आकृति सुनार ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन्द्र शाह को उदयलाईनेपालको राजनीतिक परिवर्तन र क्रान्तिको उपलब्धिसँग जोडेका छन्।
प्रतिनिधि सभामा मंगलबार बोल्दै प्रचण्डले काठमाडौंको मेयर हुँदै देशको प्रधानमन्त्री बन्नु “क्रान्तिकै संकल्पको जित” भएको बताएका हुन्।
उनले अहिलेको संसदलाई समावेशी र समानुपातिक व्यवस्थाको परिणाम भन्दै महिला, दलित, जनजाति, मधेसी र उत्पीडित समुदायको बढ्दो प्रतिनिधित्वमा गर्व व्यक्त गरे।
प्रचण्डले विगतको संसदसँग तुलना गर्दै दलित र महिलाको प्रतिनिधित्व अहिले उल्लेखनीय रूपमा बढेको दाबी गरे।
उनले परिवर्तनको यो यात्रा संघर्ष, बलिदान र आन्दोलनको परिणाम भएको उल्लेख गर्दै क्रान्तिको उपलब्धिलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप पनि लगाए।
संसदमा दिएको उनको अभिव्यक्तिले नेपालको समावेशी राजनीति र परिवर्तनको यात्रामाथि फेरि बहस सुरु गराएको छ।
प्रतिक्रिया दिनुहोस्