Skip to content

भिजिट भिसा प्रकरणमा अख्तियारको निर्णय

काठमाडाैं।

बहुचर्चित भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीसहितका उच्च अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाउने निर्णय गरेको छ।

अख्तियारले पर्याप्त प्रमाण फेला नपरेको निष्कर्ष निकाल्दै उनीहरूसम्बन्धी अनुसन्धान फाइल बन्द गरेको जनाएको छ।

यसअघि अध्यागमनका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई पक्राउ परेपछि प्रकरण सार्वजनिक भएको थियो। विमानस्थल अध्यागमनमा अवैध रकम संकलन र सेटिङमार्फत कर्मचारी परिचालन गरिएको आरोप लाग्दै आएको थियो।

अख्तियारले यसअघि उच्च पदस्थ व्यक्तिमाथि पनि अनुसन्धान जारी रहेको जनाएको भए पनि अन्ततः प्रमाण अभाव देखाउँदै मुद्दा नचलाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्