काठमाण्डौँ ।
दोहोरो सुविधा लिइरहेका राजनीतिकर्मी तथा पूर्वप्रशासकले प्रयोग गर्दै आएका ७०१ वटा सरकारी गाडी सरकारले फिर्ता ल्याएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विभिन्न ३४ सरकारी निकायबाट ती गाडी फिर्ता गरिएको हो। सबैभन्दा धेरै अर्थ मन्त्रालयबाट लगिएका १२४ वटा गाडी फिर्ता ल्याइएको बताइएको छ।
भौतिक पूर्वाधार मन्त्रालयबाट ६४, सहरी विकास मन्त्रालयबाट ७५, गृह मन्त्रालयबाट २१ तथा कृषि मन्त्रालयबाट २० वटा गाडी फिर्ता गरिएको जनाइएको छ।
सरकारले फजुल खर्च नियन्त्रण, प्रशासनिक अनुशासन र सुशासन प्रवर्द्धनका लागि यो अभियान अघि बढाइएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्