काठमाण्डौँ ।
उत्तर-पश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको आत्मघाती बम आक्रमणमा १५ प्रहरी जवानको मृत्यु भएको छ भने कैयौं सुरक्षाकर्मी घाइते भएका छन्।
बन्नु जिल्लास्थित सुरक्षा प्रतिष्ठानलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको सवारी साधन ठोक्काएर हमला गरिएको जनाइएको छ। विस्फोटपछि ड्रोन तथा हतियारधारी समूहबाट थप आक्रमण समेत भएको सुरक्षा स्रोतले जनाएको छ।
प्रारम्भिक अनुमान अनुसार आक्रमणमा १२०० देखि १५०० किलोसम्म विस्फोटक प्रयोग गरिएको थियो। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ।
‘इत्तेहाद–उल–मुजाहिद्दीन पाकिस्तान’ ९आईएमपी० नामक समूहले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्