काठमाण्डौँ, १८ वैशाख ।
नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का सहसंयोजक माधवकुमार नेपालले सरकारका पछिल्ला गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले श्रमिक, सुकुम्बासी तथा विपन्न वर्गका अधिकारलाई बेवास्ता गरेको बताएका हुन्।
उनका अनुसार वर्तमान सरकारका नीति तथा निर्णयहरू श्रमिकमैत्री नदेखिएको र ट्रेड युनियन अधिकार समेत कमजोर पार्ने दिशातर्फ उन्मुख रहेको छ। उनले रोजगारी, बसोबास र आधारभूत अधिकार सुनिश्चित गर्नुपर्ने राज्यको दायित्व पूरा नभएको आरोप लगाए।
नेपालले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै अहिले देखिएको प्रवृत्ति सुधार नगरे जनतामा असन्तुष्टि झन् बढ्ने चेतावनी दिएका छन्। उनले सरकारलाई जिम्मेवार र उत्तरदायी बन्न आग्रह गर्दै गलत कदम सच्याउन दबाब दिनुपर्ने अवस्था आएको उल्लेख गरे।
त्यस्तै, उनले श्रमिक नेताहरूलाई सक्रिय भएर सरकारका नीतिको समीक्षा गर्न र आवश्यक परे विरोध गर्न निर्देशन दिएका छन्। उनका अनुसार जनताको हितविपरीत देखिएका निर्णयहरूविरुद्ध आवाज उठाउनु अहिलेको आवश्यकता बनेको छ।
प्रतिक्रिया दिनुहोस्