Skip to content

लागू औषधसहित पोखरामा एक जना पक्राउ

पोखरा उमा आले ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार वैशाख १४ गते साँझ करिब ६स्५० बजेको समयमा पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी क्षेत्रमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त कारबाही गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय शिशुवा तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले तालचोकमा ग ७ प ७२४१ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलमा सवार २९ वर्षीय भरत घिसिङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनको साथबाट डाइजेपाम ११५ एम्पुल, फेनारगन ११५ एम्पुल र ब्रुफिनुर्फिन ११५ एम्पुल गरी जम्मा ३४५ एम्पुल लागू औषध, एक थान मोबाइल र नगद १ हजार रुपैयाँ बरामद गरिएको छ।

प्रहरीले घिसिङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्