Skip to content

कारागारबाट फरार बलात्कार मुद्दाका प्रतिवादी १३ वर्षपछि पक्राउ

पोखरा उमा आले ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार कास्की जिल्लाको मादी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–१३ बाजेपाटन बस्दै आएका ३२ वर्षीय हेमकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

उनी उक्त मुद्दामा १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहँदै २०७० माघ १२ गते कारागार कार्यालय कास्कीबाट फरार भएका थिए।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनलाई २०८३ वैशाख १४ गते पोखरा महानगरपालिका–१३ स्थित दुईकुलाको मुहान क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरी नायव उपरीक्षक हरीबहादुर वस्नेतले उक्त जानकारी सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्