Skip to content

बेलायतका राजारानी र अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीबीच ह्वाइट हाउसमा भेटवार्ता

राजा चार्ल्सले भोलि अमेरिकी संसदको संयुक्त सदनलाई सम्बोधन गर्ने
एजेन्सी उमा आले

बेलायतका राजा चार्ल्स तृतिय र रानी क्यामिलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पसँग भेटघाट गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सोमबार राति उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।

राजा र रानीले आधिकारिक रूपमा आफ्नो चार दिने अमेरिकी भ्रमण शुरु गरेको पहिलो दिननै अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्तिसँग भेटेका छन् । सन् २००७ मा महारानी एलिजाबेथ द्वितीयको अमेरिका भ्रमणपछि बेलायतको यो पहिलो राजकीय भ्रमण हो ।

इरान युद्धलाई लिएर बेलायत र अमेरिकाबीच तनावपूर्ण सम्बन्ध चलिरहेको समयमा भएको भ्रमणले दुई देशको कूटनीतिक सम्बन्ध मजबुत बनाउने अपेक्षा गरिएको छ । बेलायतका राजा चार्ल्स तृतीयले अमेरिकी संसदको संयुक्त सदनलाई बुधबार सम्बोधन गर्ने कार्यक्रम राखिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्