काठमाडौं उमा आले।
बालेन्द्र शाह ९बालेन० आजदेखि ३७ वर्षमा प्रवेश गर्नुभएको छ । यस वर्षको उहाँको जन्मदिन केवल व्यक्तिगत उत्सव नभई देशको नेतृत्वसँग जोडिएको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
वैशाख १४ गते जन्मिएका शाहले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको करिब एक महिना पुगेकै बेला आएको जन्मदिनले जनताको अपेक्षालाई अझ चुलिएको देखिन्छ । सामाजिक सञ्जालमा बिहानैदेखि शुभकामना आउने क्रम जारी छ, तर ती सन्देशहरूमा “सुशासन”, “परिवर्तन” र “नतिजामुखी काम” को माग स्पष्ट रूपमा झल्किएको छ ।
उहाँकी पत्नी सविना काफ्ले तथा विभिन्न राजनीतिक दलका नेताहरूले पनि शुभकामना दिएका छन् । यद्यपि आम नागरिकको चासो भने अब काम र परिणामतर्फ केन्द्रित देखिन्छ ।
काठमाडौंको नरदेवीमा जन्मिएका शाहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिकामा पर्छ । सामान्य परिवारबाट उठेर देशको नेतृत्वमा पुगेका उहाँको यात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।
प्रतिक्रिया दिनुहोस्