काठमाडौं उमा आले ।
सरकारले आगामी तीन महिनासम्म कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग तथा सरकारी निकायलाई पत्राचार गर्दै यस्तो व्यवस्था लागू गर्न भनेको हो।
सरकारले गत चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको सन्दर्भमा यो निर्णय गरिएको जनाइएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार कर्मचारीहरू वैदेशिक भ्रमणमा जाँदा ती कार्यसूचीको प्रभावकारी कार्यान्वयनमा अवरोध आउन सक्ने भएकाले अस्थायी रूपमा भ्रमण रोक्न निर्देशन दिइएको हो।
यस निर्णयले सरकारी कामकारबाहीलाई थप चुस्त र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्