पोखरा उमा आले ।
जिल्ला प्रहरी कार्यालय कास्की ले लागू औषध ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८३ साल वैशाख १० गते दिउँसो करिब ३ बजे पोखरा महानगरपालिका–११ फूलवारी क्षेत्रमा लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको टोलीले अनुसन्धानका क्रममा २७ वर्षीया मन्दिरा मगरलाई पक्राउ गरेको हो।
लमजुङ मध्यनेपाल नगरपालिका–६ स्थायी घर भएकी मगर हाल पोखरा–११ फूलवारीमा डेरागरी बस्दै आएकी थिइन्। उनको कोठा खानतलासी गर्दा खैरो हेरोइन ९ब्राउन सुगर० जस्तो देखिने पदार्थ १०२।३७ ग्राम, डिजिटल तराजु १ थान, नगद ९ लाख रुपैयाँ र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकी मगरमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्