काठमाडौं उमा आले ।
चौतर्फी आलोचना र जनस्तरबाट बढ्दो दबाबपछि गृहमन्त्री सुधन गुरुङले अन्ततः पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबारको विषय सार्वजनिक भएपछि उनीमाथि नैतिक प्रश्न उठिरहेका थिए।
प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका गुरुङले सामाजिक सञ्जालमार्फत आफूले पदभन्दा माथि नैतिकता र जनविश्वासलाई प्राथमिकता दिएको बताएका छन्। पछिल्ला दिनहरूमा उठेका प्रश्नलाई गम्भीर रूपमा लिँदै उनले आफूविरुद्ध निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
उनले पदमा रहँदा छानबिन प्रभावित हुन सक्ने भन्दै स्वार्थको द्वन्द्व टार्न राजीनामा दिएको स्पष्ट पारेका छन्। साथै, देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढ्दै गएको सन्दर्भमा आफ्नो कदमलाई त्यही दिशातर्फको प्रयासको रूपमा व्याख्या गरेका छन्।
गुरुङले सञ्चारमाध्यम र समाजप्रति लक्षित गर्दै सत्य र इमानदारीको पक्षमा उभिन आह्वान समेत गरेका छन्। साथै, केही सञ्चारकर्मीहरूलाई संकेत गर्दै उनले मिडिया क्षेत्रभित्र पनि पारदर्शिताको आवश्यकता औंल्याएका छन्।
राजीनामासँगै अब यो प्रकरणमा सरकारी छानबिन कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।
प्रतिक्रिया दिनुहोस्