पोखरा – उमा आले
लागूऔषध मुद्दामा कारागार कार्यालय कास्कीमा थुनामा रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार जेन्जी आन्दोलनका क्रममा मिति २०८२ भदौ २४ गते कारागारबाट फरार भएका पोखरा महानगरपालिका–१७ छोरेपाटन निवासी ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई पुनः पक्राउ गरिएको हो।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई मिति २०८३ वैशाख ७ गते पोखरा महानगरपालिका–६ दिगोपाटन क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार फरार प्रतिवादीको खोजी कार्य निरन्तर जारी रहेकामा उक्त व्यक्तिलाई लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरिएको हो।
प्रतिक्रिया दिनुहोस्