Skip to content

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

पोखरा- उमा आले

पोखरा महानगरपालिका–२६ बरालडाँडाबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ साल वैशाख ५ गते साँझ करिब ४:३० बजे विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले घटनास्थलबाट नगद रु. ३ लाख १९ हजार ४३५, अमेरिकी डलर १३४ तथा ४ बुक तास बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्की बाट ५ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार यस प्रकारका अवैध गतिविधि नियन्त्रण गर्न निरन्तर निगरानी बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्