Skip to content

पेट्रोलियम मूल्य वृद्धि फिर्ता लिन सरकारसँग कुलमान घिसिङको माग

काठमाडौं – उमा आले

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले पेट्रोलियम पदार्थमा गरिएको हालैको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

सोमबार वीरेन्द्रनगर मा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले कर्णाली प्रदेशका नागरिकलाई मूल्य वृद्धिले झन् मारमा पारेको भन्दै विशेष सहुलियत आवश्यक रहेको बताए। उनले सरकारले कर्णालीलाई इन्धनमा राहत दिनुपर्नेमा जोड दिए।

अध्यक्ष घिसिङले दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो पार्टीले सहयोग गर्ने स्पष्ट पार्दै विगतमा नेपाल विद्युत् प्राधिकरण को नेतृत्व गर्दा कर्णालीको विद्युतीकरणका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको दाबी गरे। उनका अनुसार १३२ केभी प्रसारण लाइन विस्तारको काम जुम्लासम्म पुगेको छ।

त्यसैगरी, छोटो समयमै पार्टी गठन गरेर चुनावमा जानुपर्दा अपेक्षित नतिजा आउन नसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा उनेपा ठूलो शक्ति बनेर उभिने दाबी गरे। वडा तहसम्म संगठन विस्तार गर्ने योजना पनि उनले सार्वजनिक गरे।

प्रतिक्रिया दिनुहोस्